Nepali


नेटवर्क मार्केटिंग नै किन ?
 बिश्वो बजारमा सन् १९५० को दसक बाट विधिवत सुरु भएको नेटवर्क मार्केटिंग एमवे ले संसार कै अधिकांस बिकसित राष्ट्र सहित करिब करिब बिश्वोको १२५ राष्ट्रमा नेटवर्क अर्थात् संजाल मार्फत व्यापार गरि रहेको . अमेरिकाको सम्पूर्ण ब्यापारको करिब करिब ३०% व्यापार संसारको पहिलो नेटवर्क मार्केटिंग एमवे सहित सयौ सफल अमेरिकी नेटवर्क मार्केटिंग हरुले गरि रहेका छन्. नेटवर्क मार्केटिंगको सुरुवात अमेरिकाबाट  भए पनि यसको  प्रभाव, बैधानिकता अभ्यास के भनेर बुझ्नलाई धेरै टाढा जानु पर्दैन हाम्रो छिमेकि मुलुक चिन भारतमा गएर बुझ्दा प्रस्ट हुन्छ . चिन बाट सुरु भएको नेटवर्क मार्केटिंगको कुरा गर्ने हो भने तियांसी भन्ने नेटवर्क मार्केटिंग स्वास्थ्य सम्बन्धि समान लिएर नेपालमा बेधडक व्यापार गरि रहेको   भने छिमेकि मुलुक भारत बाट दर्ज़नौ नेटवर्क मार्केटिंग हरु यहाँ आएर नेटवर्क मार्फत व्यापार गरि रहेका छन् उधाहरण को लागि कर्पस , ओमेगा तथा केहि वर्ष अगाडी आएको मोदी केअर ( अर्को नाम शुभलक्ष्मी ) आदि ! अहिले प्रमाणित भै सकेको छ जसको नेटवर्क ठुलो छ उ ससक्त छ, नेटवर्क भने पछि समुहमा काम गर्ने भन्ने जनाउछ र हुन्छ पनि यही,  सहकारी को अर्थात् सह कार्य को अबधाराना मा हुने हुदा, सामुहिक कार्य गरेर अगाडी बढेर प्रगति गर्ने हो त्यसैले सामुहिक कार्य गरेर अगाडी बढ्दा बिकाश सहज हुने हुदा नेटवर्क मार्केटिंग हामीलाई आबस्यक छ !
अब नेटवर्क के हो ?

नेटवर्क भनेको एउटा संजाल हो चाहे त्यो मानिसको होस् या कुनै संगठनको  जहाँ एक अर्का जोडिएका ( Interlinked ) हुन्छन समुहमा हुन्छन . यस हिसाबले  हेर्ने  हो भने एउटा राजनीतिक  पार्टी  नेटवर्क हो नेटवर्क बिना राजनीतिक पार्टी नै हुदैन , त्यस्तै राज्य व्यवस्था नै नेटवर्क हो जसमा विभिन्न कार्यालय हरु (Interlinked) एक अर्का जोडिएका हुन्छन जनता लाइ सेवा पुराई रहेका हुन्छन . येसरी हेर्दा एउटा राजनीतिक  पार्टी एकै विचार भएका संगठन वा समूह  हुन्  भने राज्य व्यवस्था अन्तर्गत का विभिन्न जनता लाइ सेवा दिने कार्यालय हरु पनि समूह नै हो जसले माथि देखि तल सम्म जनतालाइ सेवा पुर्र्याई रहेका हुन्छन ! एस अर्थमा भन्ने हो भने नेटवर्क भनेको एउटा सशक्त समूह हो जसको सहायेता बिना राज्य चल्न सक्तैन राजनीतिक पार्टी चल्न सक्तैन ! हजारौ मानिसहरुको बढोतरी (Leverage) गरेर सेवाको विस्तार गरेको हुन्छ राज्यले त्यसले बिकाश सेवा विस्तार सहज हुन्छ . नेटवर्क को बारेमा अर्को उदाहरण हेर्ने हो भने कान्तिपुर दैनिक, गोरखापत्र दैनिक जस्तै अन्य सयौ पत्रिकालाई लिन सकिन्छ, यिनीहरुले देश भरि फैलाएको संजालले सूचनाहरु संकलन गरि केन्द्रमा पठाएर उक्त सुचनाहरु पत्रिका मार्फत हाम्रो हातमा आइ पुग्छ . नेटवर्क बाट सूचना संकलन नगरी पत्रिका प्रकाशन गर्ने हो भने एक पाना पनि भरिदैन , नेटवर्कको  शक्ति यहाबाट पनि प्रस्ट हुन्छ ! एती मात्र हैन यी पत्रिका हरुले सिर्जना गरेको रोजगारीको अवसर रोजगारीको कुरा गर्ने हो भने हजारौ लाखौ मानिस हरुलाई रोजगारी दिन सफल भएका छन्. सूचना सम्प्रेषण नेटवर्क बाट कस्तो गजब, आज महाकालीमा भएको घटना भोलि बिहानै मेचीको मान्छेले थाहा पाउछ , कत्रो सक्ति ? येसरी बुझ्दा नेटवर्क एउटा समूह रहेछ जो एक अर्का आबद्ध भएर संगठनलाई सशक्त बनाउदो रहेछ ! येही अबधारणा  अनुसार आफ्नो जातिय बर्गीय हक हितको लागि विभिन्न संगठन हरु खुलेका छन् जस्तो- आमा समूह, ट्रेड युनीयन , कर्मचारी संगठन आदि . जसमा सबै सदस्यहरुलाई एकाकार गरेर सशक्त आवाज उठाएर आफ्नो हक हितको लागि लड्ने गर्छन, जुन आवाज सामुहिक भएकोले सशक्त हुन्छ .
 नेटवर्क व्यापार मा प्रयोग :
दिनानु दिन व्यापार गर्ने तरिका परिवर्तन हुदै आइ रहेको छ ! सूचना प्रबिधि भनौ या साधनको अधिकतम उपयोगले व्यापारलाइ सरलीकरण गरेको ! आज सटरमा रहेको अधिकांस व्यापारहरु सटर बन्द गरेर इन्टरनेट मा  गइ सकेको स्थिति ! जब सन् १९९३ मा WWW  ( World Wide Web ) को सुरुवात भयो त्यस पछि ब्यापारको क्षेत्र इन्टरनेटमा छिरेर तिब्रतर विकास भै रहेको ! येसरी विकास भएको इन्टरनेट ले गर्दा प्रत्यक्ष्य बिक्रि तथा नेटवर्क मार्केटिंग लाइ सरल्तम बनाएको छ ! कुनै पनि उत्पादित बस्तु वा सेवा लाइ उत्पादक कम्पनि बाट बिचमा कुनै पनि च्यान्नेल या बिक्रिका चरण हरु बिना सिधै उपभोक्ता सामु  पुर्याउने कार्यलाई प्रत्यक्ष बिक्रि भनिन्छ  अनि यसै पद्दति लाइ नेटवर्क मार्केटिंग पनि भनिन्छ ! यसको  अबधाराना भनेको सन्तुस्टीको सिफारिस हो अर्थात् सतिस्फिच्शन शरिंग . येसरि सन्तुस्टी शेयरिंग गर्दै जादा मानिसहरु ले कम्पनि बाट समान किन्दै जान्छ आबद्धता सिफारिस कर्ता संग कम्पनि संग (Interlink) हुदै जान्छ ! जसको परिणाम ठुलो संगठन निर्माण हुन्छ, एती हो नेटवर्क मार्केटिंग धेरै केहि छैन येस्मा. येसरी बुझ्दा नेटवर्क निर्माण हुने संगठनले आफुले प्राप्त गरेको सन्तुस्टी अरुलाई सुनाउदै जादा कम्पनीको समान बिक्रि हुदै जान्छ. अनि प्रत्यक ग्राहकले यसको प्रतिफल प्राप्त गर्दै जान्छन , नेटवर्क यति  राम्रो हो कि येस्मा राम्रो परिकल्पना, सकारात्मक विचार , इच्छा सक्ति , प्रतिबद्धता भएको निरन्तरता दिन सक्ने मानिस भने सिमित श्रोत साधन लगानी गरेर या लगानी नै नगरी पनि करोडौ  लगानी गरेर गर्ने व्यापार भन्दा राम्रो प्रतिफल प्राप्त गर्न सक्छ त्यो पनि बिना जोखिम ! यो जोखिम रहित व्यापार हो किन कि यो व्यापार मा लगानी नै हुदैन येस्मा लगानी भनेको अलिकति समय अनि प्रतिबद्धता  हो. हाम्रो जस्तो देश जहाका अधिकांस मानिसहरु गरिबीको  रेखा मुनि छन् , धेरै लगानी गरि केहि गर्न सक्दैनन् अनि नेटवर्क वा प्रत्यक्ष्य बिक्रीको अबधारणा अनुसार आबद्ध हुदा कम्पनीको समान खरिद गरेर अथवा सानो लगानी गरेर आबद्ध भै समुहमा बसेर काम गर्न सक्ने भएको ले हाम्रो जस्तो देशको लागि यो व्यापार बरदान साबित हुन सक्छ.
आउन सक्ने बिकृति वा हुन सक्ने ठगि निवारण :
परम्परागत अथवा सटर मा गरिने व्यापार अनि ठुलो कर्पोरेट व्यापार हरु  जो कोहिले गर्न सक्दैन किनकि यी व्यापार हरुमा शिक्षा , दक्षता , अनुभव अनि ठुलो लगानीको पनि आबश्यकता पर्दछ भने सिफारिश पद्धति बाट गरिने नेटवर्क या प्रत्यक्ष बिक्रीको यो ब्यापारमा ठुलो लगानी हैन लगानी नै सुन्य भएकोले जो कोहि सिक्न चाहने , प्रतिबद्ध निरन्तरता दिन सक्ने व्यक्तिहरुले गर्न सक्छन . किन कि जब मानिसहरु येस्मा आबद्ध हुन्छन तिनीहरु लाइ कहिँ नदीने शिक्षा यहाँ दियिन्छ . जस्तो नैतिक, सामाजिक, भाइचारा विकास, सकारात्मक सोच राष्ट्र रास्ट्रीयता सम्बन्धि  शिक्षा दिएर आफ्नो लागि, समाजको लागि राष्ट्र को लागि पनि केहि गर्नु पर्छ भन्ने दृस्टीकोण को विकास मानिस हरु मा गरिन्छ . मानिसहरु नेटवर्क व्यापार मा आबद्ध भएर व्यापार गरेनन तर एसको शिक्षा लिएका छन् भने त्यो व्यक्ति राष्ट्र रास्ट्रीयता को लागि चिन्तन, मनन गर्ने मात्र हैन रास्ट्रको लागि केहि गर्नु पर्छ भन्ने प्रतिबद्धता उसमा आइ सकेको हुन्छ !  
तर यति  राम्रो हुदा हुदै पनि नेटवर्क बाट हुने शोषण  ठगि भने ठुलो मात्रामा हुन सक्छ किन कि कुनै मान्छे येस्मा आबद्ध भए पछि उसले मेरो लागि मात्र कार्य गरेको हैन, मैले मेरो समाज रास्ट्रको लागि पनि गरि रहेको छु भन्ने अभिप्रेरित भै कार्य गर्ने हुनाले कम्पनीले बिचमा उसलाई गर्ने शोषण ठगि देखि अनभिज्ञ हुन्छ . अनि फेरी यी शोषण ठगिका कुरा हरु माथि का लिडरहरु लाइ थाहा हुन्छ तर स्वार्थ बस उसले संगठनमा प्रचार गर्न चाहदैन किनकि प्रचार गर्यो भने व्यापार नहुन  सक्छ या ब्यापारमा कमि आउन सक्छ . तर ठगि, बिकृति , विसंगति अनि शोषण कहाँ छैन? ठुला नेताले साना राम्रा नेतालाई कहिल्येई अगाडी बढ्न नदिने खेल हुन्छ , भएको देखेका छौ हामीले . मालिकले मजदूरलाइ शोषण गरेको हुन्छ, ब्यापारी ले विभिन्न तरिकाबाट सर्व साधारण लाइ ठगि गरि नै रहेका छन् ! ठगि गरे भन्दैमा शोषण गरे भन्दैमा यी सबै कुरा बन्द गर्न मिल्दैन यिनी हरुलाई बिस्तारै ब्यबस्थित गर्ने मेकानिज्म तयार गर्नु पर्छ  नियेम बिनियेम बनाएर जारी गरेर एउटा परिधि भित्र राख्न अति जरुरि .येसैले देश आम मानिसको लागि फाइदा जनक हुनेछ . नेटवर्क व्यापार लाइ एउटा उध्योग को रुप मा दर्ता गरेर निम्न कुरा अनिबार्य ऐन मा राखी नेटवर्क व्यापारलाई ब्यबस्थित गर्ने हो भने बिदेशी नेटवर्क कम्पनी हरुलाई धेरै हद सम्म कन्ट्रोल गरि बिदेशी बस्तु आयात मा कमि ल्याउने मात्र हैन, हाम्रो नेपाली बस्तुहरु बिश्वो मा रहेका नेपाली हरु मार्फत बिश्वो बजारमा सहज रुपमा पुरयाउन सकिन्छ !

  • बिदेशी सामानमा आधारित स्वदेशी या बिदेशी कम्पनि हरुले देशमा बिदेशी समान खपत बढाउन  को साथ साथै बिदेशी मुद्रा संचितिमा ह्राश गर्नका साथै समान आयात गरेर देशको व्यापार घाटा लाइ बढोतरी गराई रहेका हुन्छन भने स्वदेशी कच्चा पदार्थमा आधारित स्वदेशी नेटवर्क मार्केटिंग भने सर्व साधारणले आफ्नै देशको बस्तु प्रयोग गर्ने भएकोले व्यापार घाटा कम गर्न सहयोग हुनको साथ साथै नेटवर्क मार्फत स्वोदेशी बस्तु हरु निर्यात गरि बिदेशी मुद्रा संचितिमा बढोतरी गर्न सक्छ किन कि संसार  भर छरिएका नेपालीहरु मार्फत यो व्यापार संसार  भर फैलाउन सकिन्छ त्यसैले बिदेशी कम्पनि हरु लाइ दर्ता गर्दा धरौटीको बेग्लै ब्यबस्था गरि नेपाली कम्पनि स्वदेशी कच्चा पदार्थ भएको कम्पनि भन्दा पाँच गुना बढी धरौटीको ब्यबस्था गर्नु पर्ने करिब करिब त्यति नै बराबर लगानी गराउन  पर्ने देखिन्छ . धरौटी लिदा एक करोड भन्दा कम लिएर केहि मतलब छैन, चाहे त्यो स्वदेशी कम्पनि होस् या बिदेशी एक करोड भन्दा माथि धरौटी लिए मात्रै ठग्ने कम्पनि हरु निरुत्साहीत्  हुन्छनयदी धरौटी को व्यवस्था राम्रो नगर्ने हो भने नेपाल मा नेटवर्क लाइ पुरै प्रतिबन्ध लगाए हुन्छ , किन कि यहाँ का मानिसहरु संग आम्दानी को श्रोत छैन , नेटवर्क मा लगानी नगरी आम्दानी हुने देखे पछि मानिस हरु आबद्ध हुन्छन अनि धरौटी कम राखेको कारण ले कम्पनि ले ग्राहक संग पैसा उठाएर भागी दिन्छ अनि सर्व साधारण ठगिने सम्भावना ज्यादा हुन्छ !

  • आज हामी आयातै आयातमा आधारित या निर्भर छौ , केहि बस्तु मात्र हाम्रो निर्यात हुन्छ . जसले गर्दा व्यापार बढ्दो भने राजनीतिमा डन संस्कृति जहाँ तही राजनीति गर्ने परिपाटीले गर्दा देशको उध्योग धन्दा घराशयी हुदै गइ रहेको जसको कारण देश भित्र रोजगारी सिर्जना हुन नसकी देशको युवा शक्ति श्रम बेच्न खाडी मुलुकको ५० डिग्रीको तातोमा भौतारिन बाध्य ! हाम्रा राजनीतिक नेत्रितो हरुले यो कुरा मनन गरेर निराकरण गर्ने हैन कि बिदेशी समान भित्र्याउन युवा बर्गलाई बिदेशमा रोजगारी दिलाउन मै आफु गर्व गरि रहेका छन् ! येदी साच्चै नै हाम्रा राजनीतिक नेत्रित्वो  कर्मचारी तन्त्र देशको विकास गर्न चाहने हो  भने आन्तरिक श्रोत बाट उत्पादन हुने बस्तुहरुलाई प्रोत्साहन गरेर बिदेशी बस्तुमा आधारित नेटवर्क हरुलाई  हतोत्साही गर्ने नीति लिनु पर्छ, उदाहरंको लागि माथि भने झैँ धरौटी ज्यादा लिएर अनि ३०% देखि ४०% सम्म नेटवर्क व्यापार सुरु गर्दा नै स्वदेशी समान अनिबार्य गर्दा देश भित्र केही रोजगारी सिर्जना हुनु को साथै केहि स्वदेशी बस्तुको प्रवर्धन समेत हुन्छ ! एस लाइ बिस्तारै १००% प्रतिसत मा पुर्याउदा त्यो नेटवर्क कम्पनि ले यही नै उत्पादन गर्नु पर्ने हुन्छ देशको रोजगारी बृधि मा ठुलो भूमिका खेल्न सक्छ !
  • अहिले कुनै पनि नेटवर्क व्यापार नेपाल मा दर्ता हुदैन तर यहाँ नेटवर्क व्यापार गर्ने नया नया कम्पनीहरु आएर भट्टा भट व्यापार गरि रहेछन, कसरि? एउटा कुरा सोचौ कुनै घर भित्र हामी छिर्नु सबै ढोका हरु बन्द छन्  कहाँ बाट छिर्ने? झ्याल भेट्टायो झ्याल बाट नभए भेन्टिलेसन बाट, अनि ढोका बाट छिर्दा धेरै मूल्य चुकाउनु पर्छ भने कहाँ बाट भित्र पस्ने ? झ्याल बाट ! हो अहिले नेटवर्क पस्ने ढोका बन्द तर धमा धाम नेटवर्क हरु दर्ता भएर आफ्नो योजना देखाएर सर्व साधारण लाइ आबद्ध गरि राखेका छन् ! दर्ता गर्ने कम्पनीले त्यो कम्पनी कहाँ ? कस्तो व्यापार गरि राखेको ? केहि हेरेको छैन . अनि पछि समस्या आउछ अनि सबै नेटवर्क लाइ एकै हो भनेर प्रतिबन्द लगाउने खेल हुन्छ , कस्तो गजब . दर्ता गर्दा पैसा लियो अनि दर्ता गरि दियो ! कस्तो काम गरि राखेको भनेर अनुगमन गर्ने जिम्मा कसको ? येसरी नेटवर्क आउदा नेपाली हरु ठगिने सम्भावना ज्यादा भने देश डब्लु टि मा छिरी सकेको ले हामी बिदेशी समान को व्यापार गर्छु भन्ने लाइ रोक्न सक्ने सम्भावना छैन त्यसै ले छिटो भन्दा छिटो नेटवर्क को कानुन बनाएर नेटवर्क मार्केटिंग लाइ ब्यबस्थित गर्न जरुरि भने यसरी झ्याल बाट छिर्ने नेटवर्क मार्केटिंग लाइ कडा भन्दा कडा कानुन बनाएर सजाए गर्न जरुरि 

  • आज एउटा गाएक ले रोयल्टी पाउछ उसको गित बज्यो भने, कसैले किताब लेख्यो भने त्यो पुन: प्रकाशन भएर बिक्रि हुदा रोयल्टी पाउछ अनि कर्मचारी हरु २० वर्ष भन्दा माथि काम गर्दा पेन्सन पाउछन, त्यस्तै नेटवर्क मार्केटिंगमा काम गर्दा जिन्दगि भर को लागि एउटा (System) पद्दति पाउछ भन्ने बिस्वाश का साथ मानिस हरु नेटवर्क मा काम गर्न तत्पर हुन्छन अनि नेटवर्क मार्केटिंग को प्रस्तुतीकरण अनि ट्रेनिंग अनि  सेमिनार हरुमा येही कुरा घोटाएर पिलाइंछ, तर ठग्ने प्रवृतिको नेटवर्क  मार्केटिंग हरुले सुरुमा एकदम आकर्षक प्लान हरु देखाउने पछि त्यसका ग्राहकको सिस्टम बसे पछि, छोड्न मिल्दैन त्यसैले यो स्थिति बाट  कम्पनी का सस्थापक हरु ले फाइदा लिएर , कम्पनी को प्लान नै परिवर्तन गरेर ग्राहक ले खाई पाई आएको सुबिधा नै घटाई दिने जस्तो घटिया काम गरेको धेरै उदाहरण हरु छन् त्यसैले दर्ता गर्ने कार्यालयले  कम्पनी दर्ता गर्दा नै कम्पनीले सर्व साधारण माझ राख्न लागेको कुनै पनि  प्लान पास गराएर मात्रै दर्ता गरि दिने येदी प्लान परिवर्तन गर्नु परे दर्ता गर्ने कार्यालय संग अनुमति लिएर मात्रै प्लान परिवर्तन गर्न सक्ने कडा भन्दा कडा प्राभ्धान राख्न जरुरि छ !
अन्तमा
     कुनै पनि कुरा नया आविस्कार भएर यो संसारमा आउदा र नया हुदा त्यसको अन्योल हुनु, नराम्रो देख्नु स्वोभाबिक कुरा हो हुन्छ नै ! जस्तो पहिला टी भी मा ढाल नाम गरेको गर्व निरोधक साधन को बिज्ञापन आउदा बुढापाका ले अब गाउक चेली बेटी यो टी भी ले बिगार्ने भयो बनेर खुबै बिरोध गरेका थिए तर त्यो बिस्तारै टी भी प्रतेक घरको आबस्यकता बन्यो ! सुरुमा प्रेसर कुकर आउदा पनि कुकर पड्केर मानिस हरु नकारात्मक भएका थिए, त्यो अहिले भान्साको लागि आबस्यक छ ! अब ग्यास कै कुरा लिउ सभासदको  समेत ग्यास पड्केर मिर्त्यु भयो ! अब ग्यास चलाउन बन्द गर्ने ? हैन अब सुरक्ष्या को राम्रो बन्दो बस्त गर्ने ! त्यसैले नेटवर्क मार्केटिंग या प्रत्यक्ष्य बिक्रि को व्यापार मा पनि कमि कमजोरी होलान तर यसलाई ब्यबस्थित गरेर यदी चल्न दिने अनि नियेमन, अनुगमन नियमित रुपमा गर्ने हो भने देशको बेरोजगारी समस्या हल गर्न को साथ साथै नेपाली कच्चा पदार्थमा आधारित आन्तरिक स्रोत को बस्तुको प्रबर्धन हुन्छ भने नेपाली बस्तु बिश्वो भर पुर्याएर बिदेशी मुद्रा संचिति मा समेत सहयोग पुर्याउछ !
     अनि एउटा कुरा कुनै पनि कम्पनी, कम्पनीको रुपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता मात्र पूर्ण हैन त्यो प्रमाणपत्रमा लेखेकै हुन्छ कुनै पनि निकाए बाट अनुमति लिनु पर्ने भए सम्बन्धित निकाए बाट अनुमति लिएर मात्रै संचालन गर्ने भनेर तर कसैले अनुमति लिएको हुदैन ! कम्पनि रजिस्ट्रारको कार्यालयमा दर्ता गरेको भरमा अनुमति नलीइ संचालन भै राखेको हुन्छ ! अनुगमन नै छैन, अनुगमन गरेर कारवाई गरेको खण्ड मा सबैले अनुमति लिएर ग्राहक हरु सुरक्षित् हुन्थिये ! सर्वसाधारण ठगिन बाट बच्ने थिए !


नेटवर्क ब्यापार र भ्रम 
प्रथम त यो दुनिया नै अचम्मको छ किन कि थुप्रै  अचम्म को कुरा ले भरिएको दुनिया हो यो . अब हेरौ कसले गर्दा कसलाई फाइदा हुन्छ . तपाइले आफैले खेति गरेर उत्पादन गरि प्रयोग गर्ने  तरकारी, अन्न बालीले तपाई लाई मात्र फाइदा हुन्छ त्यसमा तपाई आफै कार्य गर्नु हुन्छ अनि त्यसको प्रतिफल पनि तपाई आफै लिनु हुन्छ , चाहे त्यो आफैले उपभोग गरेर होस् या बिक्रि गरेर . यहाँ हरुको अगाडी यो कुरा किन पस्क्दैछु ? आज बजारमा धेरै नेटवर्क मार्केटिंग हरु आएका छन् र त्यसमा आबद्ध हुदा अर्काको लागि काम गर्नु पर्छ, माथि को लागि याने कि पहिला नेटवर्क मा आबद्ध हुनेले  ज्यादा फाइदा लिन्छ पछि आबद्ध हुने डुब्छ या फाइदा हुदैन भन्ने भनाइ बार बार सुनिन आउछ त्यसमा पनि सबै भन्दा ज्यादा पत्र पत्रिका ले या मिडिया हरु ले उठाएको पाउछौ, के हो त तथ्य ? मैले माथि भनेको खेति  आफैले आफ्नै जग्गामा गरे देखि बाहेक जे गर्नु होस् अर्का लाइ उभो नलगाई  तपाई कदापी आगाडी बढ्न सक्नु   हुन्न यो ध्रुर्ब सत्य हो . कसरि ? जस्तो म आज  बिहानै उठे दात  ब्रुष गर्नु पर्यो, ब्रुष र पेस्ट बिना त दात ब्रुष हुदैन, बाध्यता ब्रुष प्रयोग गरनै पर्छ , त्यो मैले प्रयोग गरे - कस कस लाई फाइदा भयो ? मैले जुन दोकान बाट लिएको थिए त्यसलाई , अनि थोक बिक्रेता लाइ , वितरक लाइ , उत्पादकलाई , अनि हजारौ मजदूर लाइ, अनि हजारौ कृषक लाइ जसले त्यसको कच्चा पदार्थ उत्पादन  गरे अनि सबै भन्दा ज्यादा फाइदा त त्यो देश लाइ जहाँ बाट त्यो उत्पादन भएर आएको छ . देखि हाल्नु भयो सानो टुथ ब्रुष र  पेस्ट प्रयोग गर्दा  मात्रै कत्ति लाइ फाइदा हुदो रहेछ , अत अर्कालाई फाइदा हुन्छ भन्ने सोच्ने हो भने पेस्ट्ले हैन माटो ले र ब्रुष ले हैन रुखको हागा ले  ब्रुष गर्दा भयो नि त हुदैन ? तर एस्तो हुदैन हामी ब्रुष र पेस्ट नै प्रयोग गर्छौ , अरु लाइ हुने फाइदा यहाँ सोच्दैनौ सोचे पनि यो एउटा महान कार्य हुन्छ किन कि हेर्नु होस् त हामीले गर्ने सामान्य कार्यले हजारौ मानिसको रोजी रोटि चलेको हुन्छ . 
       येसरी नै हामी ले हरेक कुरा गर्दा आफुले फाइदा लिनु छ र आफ्नो प्रगति गर्नु छ भने अरुलाइ फाइदा   नपुरयाई या अरुको सेवा नगरी हाम्रो प्रगति हुदैन जस्तो - कहिँ नोकरी गर्छौ मालिक लाई फाइदा हुन्छ, गाडी चढ्नु भएन गाडी धनि लाई फाइदा, प्लेन चढ्नु भएन ऐअर लाइंसलाई फाइदा, समान किन्दा ब्यापारी लाई  फाइदा, हेर्नु होस् त जे गरे पनि अरुलाई नै पहिला फाइदा ! हैन त यो सत्य? अरु लाई फाइदा नपुर्याउने हो र अरु को सेवा नगरी हामी ले फाइदा गर्ने हो भने  आफु लाई पनि फाइदा हुदैन, एस्तो सोच्नु मुर्खता बाहेक केहि हुदैन तर येस्तई मुर्ख हरु ले भरिएको छ यो संसार जहाँ हामी लाई येस्ता मुर्ख हरु ले अगाडी बढ्न बाट रोकी राखेका छन् , 
        एउटा कुरा सोचौ त, तपाई लाई भोक लाग्यो तपाई को भोक मेटाउन तपाई रेस्टुरेन्ट जान पर्यो अनि तपाई ले केहि पैसा दिएर मात्रै खान पाएर भोक मेटाउन  पाउनु हुन्छ , याने कि तपाई ले त्यो ब्यापारी लाई व्यापार मा पैसा दिएर सहयोग गरि सके पछि मात्रै तपाई ले खान पाएर तपाई को भोक  मेतिंच याने को तपाई लाई फाइदा हुन्छ यहाँ, तपाई ले उसको व्यापार मा सहयोग गर्नु हुन्छ अनि तपाई लाई पनि उसले खाना दिएर सहयोग गर्छ . 
       त्यसैले एक अर्का को सहयोग बिना सफलता नै पाइन्दैन यो पक्का हो . त्यसैले सहयोगको अबधाराना अनुसार विकास गरि सफल हुनको लागि सहकारिता को विकास भएको हो , हो यो नेटवर्क मार्केटिंग पनि येही अबधाराना मा आधारित छ . सहकार्य गर्नु पर्छ तपाईले अरुको फाइदा गराउने काम तर तपाइँ लाई फाइदा हुने काम अरुले पनि गर्छन . एक अर्काले मिलेर समूह मा गर्ने काम नै नेटवर्क हो, यहाँ सामुहिक फाइदा को सोच हुन्छ , काम गर्ने पनि समूह मा नै हो . एकले बादर को जस्तो सोच हो यो अरु लाई फाइदा हुन्छ भन्ने सोच जो सबैले त्याग्नु पर्छ अनि समूह मा काम गर्ने अठोट क साथ अगाडी बढ्नु पर्छ . 
     अनि अन्त्य मा हामीले एउटा शास्त्र को कुरा "सेवा नै परम धर्म हो", हो सेवा नगरी मेवा पाइन्दैन येही नियेम अनुसार तपाई ले सेवा गर्नु हुन्छ अनि अरुले पनि तपाई को सेवा गर्छन अनि तपाई को विकास सम्भव छ , अत अरुलाई फाइदा कति हुन्छ भन्दा पनि मैले एस बाट के लिन सक्छु र मेरो समाज, मेरो देश र मानवता को लागि एस कार्य बाट म के दिन सक्छु  एती सोचेर अगाडी बढ्ने हो भने नेटवर्क मार्केटिंग बाट धेरै गर्न सकिन्छ आफ्नो लागि, आफ्नो समाज को लागि आफ्नो देशको लागि र मानवता को लागि .
       
   
     
 सपना जो सबैले देखनु पर्छ
 'सपना बिना परिवर्तन सम्भव छैन अनि आशा र बिश्वाश बिना सपनाको केहि अर्थ छैन'
                                                                                                        पाउलो फेरी , प्रख्यात चिन्तक

 आज संसार जहाँ आइ पुगेको छ यो सबै सपना ले नै हो , हामी लाइ थाहा छ ढुंगे युग मा रुखको बोक्रा पात हरु बेरेर हाम्रा पुर्खा हरु बस्थे र जंगल मा सिकार गरेर जिन्दगि चलाई रहेका थिए एदी कसै ले सपना नदेखेको भए हामी सोचौ त हामी कहाँ हुन्थियौ, निसंदेह जंगलमा बोक्रा र झार पात ले सरिर बेरेर  जंगलमा सिकार गर्दै गरेको हुन्थियौ तर ति हाम्रा पुर्खाहरुले सपना देखे र क्रमिक रुपले बिकाश को पथमा अग्रसर भए त्यसै को परिणाम आज हामी २१औ सताब्दीको सूचना प्रबिधि को युग सम्म आइ पुगेका छौ, भनिन्छ सबै कुरा दुइ पल्ट बन्छ एक पल्ट कसै को दिमागमा  याने सपनामा अनि येथार्थमा जस्तो कसैले चरा जस्तै उड्ने सपना देख्यो जसको परिणाम हवाई जहाज बन्यो यसै गरि हरेक आविस्कार को पछाडी कुनै न कुनै आबिस्कारक को सपना थियो पक्कै हो , एदी हाम्रा पुर्खा हरु ले सपना नदेखेको भए हामीले येत्रो सुबिधा सम्पन्न संसार मा जिउन पाउने थिएनौ, त्यसैले सपना सबैको लागि महत्व पूर्ण छ एदी सपना छैन केहि छैन, हामीले सपना देखन या बुन्न सानै देखि सिकेको हो सानोमा स्कुल पढदा हामीले कक्ष्यामा पास हुने ठुलो भए पछि डाक्टर या एन्जिनिएर्  बन्ने सपना देख्थियौ त्यहि सपना ले हामीलाइ अगाडी बढ्ने प्रेरणा दिन्थियो र आज हामी यहाँ सम्म आइपुगेका छौ , सपना को कुरा गर्ने हो भने के सानो , ठुलो , गरिब अनि धनि सबै ले देख्छन एती हो कसै को सपना सानो हुन्छ कसै को सपना ठुलो - कोहि साइकल किन्ने सपना देख्छ , कोहि मोटर साइकल किन्ने सपना देख्छ भने कोहि गाडी किन्ने सपना देख्छ , त्यस्तै कोहि कमाएर परिवार पाल्ने सामान्य सपना देख्छ भने कोहि अकुत कमाएर करोडौ कमाउने सपना  देख्छ तर  सपना सबै को हुन्छ र हुनु पनि पर्छ, सपना पहिलो खुड्किलो हो अगाडी बढ्ने सपना छैन भने केहि पनि छैन, पैसा छ सपना छैन , योग्यता छ सपना छैन जिन्दगि मा केहि छैन , तर कोहि मान्छे संग ठुलो सपना छ पैसा छैन अनि योग्यता पनि छैन उ अगाडी बदन सक्छ मात्रै हैन सफल पनि हुन्छ अनि अहिले को आधुनीक युग मा हामीले देख्ने सपना भनेको गाडी, घर , बैंक ब्यालेन्स, विदेश यात्रा , छोरा छोरि को राम्रो सिक्षा आदि नै हो संसार को ९०% मानिस ले देखने सपना हो  र येही सपना पुरा गर्न लाई हामी संघर्षरत छौ , हाम्रो सपना भनेको आर्थिक स्वन्त्रता र समय स्वन्त्रता को लागि हो 
अब आर्थिक स्वन्त्रतता भनेको के हो
आफुले चाहेको बस्तु तथा सेवाहरु जहिले चाहियो तहिले र जहा चाहियो त्यहि जति पनि खर्च गरेर खरिद गरेर प्राप्त गर्ने क्षमता हुनु नै आर्थिक स्वतन्त्रता हो , भने समय स्वतन्त्रता भनेको आफ्नो अनुकुल समय ब्यबस्थापन गरेर चल्न सक्नु नै समय स्वतन्त्रता  हो, तर संसार को करिब ८५% मानिसहरु आफ्नो जीवन मुस्किलले धानी मात्रै रहेछन र जीवन धान्न लाइ मात्र सम्पूर्ण समय खर्च गर्न परि रहेछ , मात्र १५% मानिसहरु आर्थिक स्वतन्त्रता र समय स्वतन्त्रता साथ परिस्कृत जिन्दगी जीई रहेका छन् 


1 comment: